राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

डिसी नेपाल
२१ साउन २०७८ २२:२६
656
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा विहीबारअपराह्न छलफल भएको छ। राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि प्रधानमन्त्री देउवा शीतल निवास पुगेका थिए।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई बताएका छन्। राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *