कोरियामा बस्ने विदेशीलाई दक्षिण कोरिया सरकारले जारी गर्‍याे नयाँ सूचना (सूचनासहित)

डिसी नेपाल
२४ साउन २०७८ ७:५५

कोरिया। दक्षिण कोरियाको सरकारले बुधबाार यहाँ लामो समयका लागि बसोबास गरिरहेका सबै विदेशी नागरिकहरुलाई कोरोना खोप लगाउन आग्रह गरेको छ। सरकारले सबै विदेशीहरुलाई यथासक्य छिटो खोप लगाउन भनेको छ। “सबै विदेशी नागरिकलाई खोपका सम्बन्धमा कोरियन नागरिक सरह व्यवहार गरिनेछ” सरकारले भनेको छ।

अहिले दक्षिण कोरियामा विशेष गरी विदेशी कामदारहरुमा कोरोना संक्रमण धेरै देखिन थालेपछि कोरियाको न्याय मन्त्रालय अन्तरगतको कोरिया अध्यागमन विभाग तथा स्थानीय सरकारहरुले विदेशीहरुलाई यथासक्य छिटो खोप लगाईदिन आग्रह गरेका हुन्।

यी संस्थाले भनेका छन् “कोरियामा लामो अवधिका लागि वसोवास गरिरहेका सम्पूर्ण विदेशी नागरिकहरु कोरोना खोप लगाउन योग्य छन्। उनीहरुलाई भिसाको प्रकारका आधारमा कुनै पनि भेदभाव गरिने छैन।

सबै विदेशी नागरिकहरु खोपका मामिलामा कोरियन नागरिक सरह व्यवहार गरिनेछ। कोरियामा वैधानिकरुपमा वसोवास गरिरहेका विदेशीहरु जो राष्ट्रिय स्वास्थ्य बीमामा आवद्ध छन् उनीहरुले अनलाईनबाट खोप लिने मिति रिजर्भ गर्न सक्नेछन।”

कोरियामा बस्ने विदेशीहरुले अनलाइनबाटै कुन दिन कति बजे कुन खोप सेन्टरबाट खोप लिने भन्ने कुरा कोरियन नागरिकजस्तै (https://ncvr.kdca.go.kr/) वेवसाइटबाट गर्न सक्नेछन्।

त्यसैगरी कोरियामा अवैधानिकरुपमा वसोवास गरिरहेका जोसँग विदेशी परिचय पत्र छैन उनीहरुले समेत नजिकैको खोप केन्द्रमा गई निशुल्क खोप लगाउन पाउनेछन्। तर उनिहरुले खोप लगाउन जाँदा भने पासपोर्ट अनिवार्य लिएर जानुपर्नेछ।

दक्षिण कोरियाले यस अघि नै अवैधानिक रुपमा बसोबास गरिरहेका विदेशीहरुलाई उनीहरुलाई असहज नहुने गरी मोबाईल नम्मर मात्र लिएर खोप दिइसकेको छ। सरकारले यस अघि नै भनिसकेको छ कि अवैधानिकरुपमा वसोवास गरिरहेका सम्पूर्ण विदेशीहरुलाई कोरोना परीक्षण र खोप लगाउने कुरामा उनीहरुलाई कुनै पनि किसिमको अप्ठ्यारो पारिने छैन।

अघिल्लो हप्तामात्र फाजुमा रहेको एक कम्पनीमा ११ जना विदेशी नागरिकमा कोरोना देखिएको थियो। त्यसैगरी दोङहेमा पनि २१ जनाभन्दा बढी विदेशीमा कोरोना भेटिएको थियो।

कोरियाको दक्षिण पूर्वी शहर फोहाङमा विदेशीहरुमा सामूहिक संक्रमण भेटिएको थियो। ख्यङ्गिदो प्रदेशको आनसान र सिहुङ तथा खाङवनदो प्रदेशको खाङनुम अनि छल्लानाम्दोको मोक्फो शहरमा समेत धेरै विदेशीमा संक्रमण देखिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *