निषेधाज्ञामा विद्यालय सञ्चालन गर्ने दुई सञ्चालक कारबाहीमा

डिसी नेपाल
२५ साउन २०७८ २१:५३
88
Shares

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई आज जरिवाना गरी कारबाही गरेको छ ।

कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । दुवै विद्यालयका सञ्चालकलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम सो कार्यालयले जनही रु १० हजारका दरले जरिवाना गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *