समाज जागरुक, सचेत र सक्रिय भए अपराधका न्यूनीकरण हुन्छ ः प्रदेश प्रमुख झा
लहान । प्रदेश नं २ का प्रमुख डा राजेश झा ‘अहिराज’ ले समाज जागरुक, सचेत र सक्रिय भए अपराधका धेरैजसो घटनाहरु आफैँ न्यूनीकरण भएर जाने बताएका छन् ।
आज यहाँ आयोजित सिरहाका सुरक्षा निकाय प्रमुख तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले समाज जागरुक, सचेत र सक्रिय भए आपराधिक प्रवृत्तिका व्यक्तिहरुको मनोबल खस्ँिकदै जाने र अपराधका घटनाहरु क्रमशः न्यूनीकरण हँुदै जाने बताएका हुन् ।
प्रदेश प्रमुख झाले समाजलाई सचेत, जागरुक र सक्रिय बनाउन राष्ट्रसेवक कर्मचारी र सञ्चाकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसका लागि सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए । अपराध र राजनीतिका घटनालाई छुट्याउनुपर्नेमा जोड दिँदै उनले हरेक घटनालाई राजनीतिकरण गर्ने परम्परालाई तोड्न सके सुरक्षा चुनौती कम हुने दाबी गरे ।
प्रदेश प्रमुख झाले प्रदेश नं २ भ्रष्टाचारका कारण बदनाम भएको प्रति दुःख व्यक्त गर्दै भ्रष्टाचारविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । सबै राष्ट्रसेवक कर्मचारीलाई ‘शिरमा देश र मनमा मधेस’ राखेर काम गर्न निर्देशनसमेत उनले दिए ।
सो कार्यक्रममा सिरहाका प्रजिअ प्रदीपराज कणँेल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख हीराबहादुर पाण्डले जिल्लाको सुरक्षा अवस्था, सीमाका समस्या, अपराध अनुसन्धान लगायतका विषयमा प्रदेश प्रमुख झालाई जानकारी गराए ।







डिसी नेपाल







Facebook Comment