छ लाख नगदसहित भारतीय नागरिक नियन्त्रणमा

डिसी नेपाल
२५ साउन २०७८ २२:००
52
Shares

कञ्चनपुर । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले आज साँझ रु छ लाख १५ हजार नगदसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार भारतबाट नेपाल आउने व्यक्तिहरुलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित भारतको साहजहाँपुर मोहल्ला बस्ने ४१ वर्षीय रजिनिस कुमारलाई नियन्त्रणमा लिएको हो ।

शङ्का लागि जाँच गर्दा भारतीय नागरिकका साथबाट स्रोत नखुलेको नगद रकम फेला परेको छ । रकमसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिनगर भन्सार कैलालीमा बुझाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *