कांग्रेस महाधिवेशन : नयाँ कार्यतालिका सार्वजनिक भएसँगै संवैधानिक संकट टरेको हो ?

सम्भव सिंह ठकुरी
३१ साउन २०७८ १३:३६

काठमाडौं। यसअघि विभिन्न पाँच चरणमा कार्यतालिका सार्वजानिक गर्दै प्रभावित हुँदै आएको कांग्रेस महाधिवेशन शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९ देखि १३ गतेसम्म अधिवेशन गर्ने सहमति जुटाएको छ। यो कार्यतालिका छैटौ पटक निकालिएको हो।

प्रत्येक चार वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने कांग्रेस विधानको प्रावधान पार गर्दै थप एक वर्षको सुविधा पनि गुजारेको कांग्रेसले संविधानले दिएको ६ महिनाको समयसीमा भदौ २३ गते पूरा गर्दैछ।

वडा अधिवेशन भदौ १८ गते गर्ने कार्यतालिका भएपनि त्यसपछिका अधिवेशनहरु भदौ २३ पछि गर्ने कार्यतालिका सार्वजानिक भएको छ। २३ गते भनेको वर्तमान कार्यसमितिको साढे पाँच वर्ष पूरा कार्यकाल हो। अधिवेशनको सुनिश्चित गर्न काग्रेस शिर्ष नेतृत्वबीच सहमति भएपनि भदौ २३ पछि हुने संवैधानिक संकटको विषय भने प्रष्ट हुन सकेको छैन।

नेपालको संविधानको धारा १६९ को उपधारा ४ ‘ख’ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ।

तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिना भित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।

संविधानको यो व्यवस्था भनेको भदौ २३ भित्र नै केन्द्रीय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने हो। तर एक कानून व्यवसायीको अनुसार संविधनमा गरिएको व्यवस्था नै अफ्ठेरो छ। संविधानमा साढे पाँच वर्षभित्रमा अनिवार्य प्रदेश र संघको सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने व्यवस्था भएपनि त्यो समयपछिपनि सम्पन्न हुननसक्दा के गर्ने भन्ने विषय नै संविधानमा प्रष्ट नभएकाले यो विषय बहसको विषय बनेको छ।

‘यो अवस्थामा संवैधानिक संकट भन्दापनि राजनीतिक दलको प्रजातान्त्रिककरणको समस्या हो। जनताको नाममा कसले पनि आफ्नो सांगठानिक क्षमता व्यक्त गर्दछ भने त्यो सांगठनिक क्षमता आन्तरिक रुपमा पनि प्रजातान्त्रिक पद्धतिमा आधारित छ भनेर देखाउन सक्नुपर्दछ भन्ने संविधानको आयश हो,’ एक कानुन व्यवासायीले भने।

यसरी संविधानमा यो कुराहरु उल्लेखभएपनि नभएको खण्डमा के गर्ने ? भन्ने स्पष्ट व्यवस्था नभएकाले तत्काल निर्वाचन आयोगलेपनि केही गर्न नसक्ने उनको तर्क छ। ‘यदि संविधानमा प्रष्ट उल्लेख भएको भए भदौबाट मंसिरसम्म पूर्याउने निर्णय नै हुँदैनथ्यो,’ उनले भने।

यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

–गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)

– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)

– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)

– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)

– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि १३ गतेसम्म)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *