पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल सात दिन प्रहरी हिरासतमा

डिसी नेपाल
९ असार २०८३ २०:०४

काठमाडौं। विशेष अदालतले पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

सोमबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन विभागलाई उक्त आदेश दिएको हो। अदालतको यो आदेशसँगै विभागले अब सोमबारदेखि नै लागू हुने गरी पौडेललाई नियन्त्रणमा राखी अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।

७ दिनको म्याद सकिएपछि उनलाई पुन: म्याद थपका लागि अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

यसअघि, आइतबार सुर्खेतबाट पक्राउ परेका उपाध्यक्ष पौडेललाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएलगतै उनलाई आज (सोमबार) अदालतमा पेस गरिएको हो।

सम्पत्ति शुद्धीकरणसँग जोडिएको गम्भीर अभियोगमा अनुसन्धानका लागि विभागले उनलाई पक्राउ गरेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *