नेपाली युवक र भारतीय यूवतीको प्रेमकथाः बाफ (भिडियो)

डिसी नेपाल
३१ साउन २०७८ १८:०२

काठमाडौं । तिनपाते अनि के माया लाग्छ र ? जस्ता वहुचर्चित गीत र तिनका म्यूजीक भिडियो बनाएर करोडौं नेपाली दर्शकश्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले ‘बाफ’ बोलको गीतको भिडियो रिलिज गरेको छ ।

कथात्मक शैलीमा भिडियो बनाएर अलग्गै पहिचान र स्वाद पस्कन खप्पीस आर्टमाण्डु स्टुडियोले यस ‘बाफ’ बोलको गीतमा पनि तिनपातेकै गायक सुजन चापागाँई र गायिका विधा तिवारीको आवाज साभार गरेको छ । नेपाली गाउँ परिवेश र अर्गानीक नेपाली कथाहरुलाई समावेश गरेर बनाइएका के माया लाग्छ र अनि तिनपातेका भिडियोहरु नै यूट्यूबमा लगभग ४ करोड हाराहारीमा हेरिएको छ ।

मुलधारको सञ्चार माध्यमहरु भन्दा फरक तर जनजिब्रोमा बस्न र टपक्क टिप्न सहज सांगितिक कोसेलीहरु मध्य ‘बाफ’ बोलको गीतका दर्शकको अपेक्षा निकै रहेको पाइएको छ । नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापन देखि वयस्क हुँदासम्मका रसिक र मौलीक प्रेमकथामा निर्माण गरिएको यस गीतको भिडियोले नेपालभारत सिमा संग देशप्रेम अनि सामाजिक संरचनालाई गज्जवले उजागर गरेको निर्देशक नविन चौहानको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *