सुर्खेतमा जारी निषेधाज्ञालाई निरन्तरता

डिसी नेपाल
१ भदौ २०७८ ११:४२
64
Shares

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजम प्रशासनले यही भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो।

जिप्रका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्य, बैंक तथा वित्तीय संस्थालाई निर्वाध सञ्चालन गर्न सकिनेछ। तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ देखि बेलुका ७ बजेसम्म, खाद्यान्न पसल बिहान ८ देखि बेलुका ७ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरेको छ। सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेष्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सजाय हुने उल्लेख गरिएको छ। जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्पे्ररित गर्नुपर्ने, विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा पुजारीले नित्यकर्मबाहेक सामूहिक पूजापाठ, मेला महोत्सव नगर्न प्रशासनले अपिल गरेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *