१३ दिनपछि भुपू गोर्खाहरुले ताेडे अनसन

डिसी नेपाल
३ भदौ २०७८ २२:१६

काठमाडौं । बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनसन तोडिएको छ । समानताको माग गर्दै १३ दिन देखि अनसन बसेका भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएपछि आमरण अनसन स्थगित भएको हो।

टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ आमरण अनसन बसेका थिए । बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुस पिलाएर अनशन तोडाएका हुन् ।

त्यसअघि बेलायती रक्षामन्त्रीको प्रतिवद्धता पत्र पढेर सुनाइएको थियो, जसमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्वीपक्षीय वार्ता टोली बनाउने, जसमा भूपू गोर्खाहरुको पनि प्रतिनिधि रहने उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *