मुख्यमन्त्री राईको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

डिसी नेपाल
१० भदौ २०७८ ११:५६

काठमाडौं । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। आज बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।

बुधबार ओली निवासमा देखिएका मुख्यमन्त्री राई विहानै विराटनगर गएका थिए। आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको छ।

नेकपा एमालेको विभाजन भएपछि माधव नेपाल पक्षका धेरै जसो प्रदेश सांसदलाई एमालेमै रहन र सरकारलाई बचाइराख्नका लागि मुख्यमन्त्री परिवर्तन गर्ने नीति एमालेले लिएको हो।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले सरकार जोगाउन मुख्यमन्त्री राई र नेता आचार्य एकै ठाउँमा उभिएका हुन्। अहिलेसम्म माधव नेपालको नेकपा एकीकृत समाजवादीमा ३ जना सांसद खुलेर गएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *