दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार

डिसी नेपाल
१४ भदौ २०७८ ७:२५
52
Shares

अछाम । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमबाट उनीहरूको उद्धार गरिएको हो।

आर्थिक वर्ष २०७५/७६ देखि अछाममा सुरु भएको यस कार्यक्रम अन्तर्गत ६ भदौमा एकैदिन दुई गर्भवतीको हवाइ उद्धार गरिएको छ।

निःशुल्क हवाइ उद्धारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र नवजात शिशुलाई सहज भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *