वर्षाले तातोपानी नाका ठप्पजस्तै, दैनिक दुई कन्टेनर मात्र भित्रिन्छन्

डिसी नेपाल
१४ भदौ २०७८ ८:१२
96
Shares

सिन्धुपाल्चोक । दुई महिनायता तातोपानी भन्सार नाका अनियमित बनेको छ। अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा-कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको हो।

सडकअवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्यानु परेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए।

दसैं तिहार नजिकिदै जाँदा पनि नाका पूर्ण रुपमा सूचारु भएको छैन, जसकारण गत वर्षझै अभाव सृजना हुनसक्ने भन्दै व्यावसायीहरू त्रसित छन्।

भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख र सात करोड २१ लाख रुपैयाँ राजस्व संकनलन भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *