वैदेशिक रोजगारीमा जाने र आउनेका लागि आप्रवासन सहायता कक्ष सञ्चालन

डिसी नेपाल
१६ भदौ २०७८ ११:५२

म्याग्दी । वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै उक्त कक्ष सञ्चालन गरिएको संस्थाका अध्यक्ष सन्तोष रावलले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो ।

उनले भने, ‘वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव बेचबिखन रोकथाममा सघाउनाका साथै समस्यामा परेकाका तर्फबाट सम्बन्धित निकायमा उजुरी र कानुनी उपचारमा सहजीकरण गरेका छौँ ।’ गएको वैशाखदेखि सञ्चालनमा आएको सहायता कक्षाबाट पाँच सयभन्दा धेरैले सेवा लिइसकेका छन् । सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्री पनि राखिएको छ ।

वि.सं.२०६८ को जनगणनाअनुसार जिल्लाका २५ हजारभन्दा बढी नागरिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएको देखिन्छ । यो संख्या र कानुनी प्रक्रिया पूरा गरेर वैधानिक बाटो भई विदेश जानेको हो । पछिल्लो समय अवैध बाटो भएर, धेरै खर्च र जोखिम मोलेर अमेरिकालगायत युरोपेली मुलुक जाने क्रम बढेको बताइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *