विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित
काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ।
शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी उपविजेता ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो।
ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले एकल प्रयासमा खेलको ६४ औं मिनेटमा गोल गरे।
मिडफिल्डर कासेमिरोको कप्तानीमा मैदान उत्रिएको ब्राजिलले जितसँगै सात खेलबाट सात जितसहित २१ अंक जोडेको छ। ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
आइतबार बिहान भेनेजुयलालाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना दोस्रो स्थानमा छ । १२ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा समान ९ अंक बनाएका उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा छन्।
यस्तै, पाराग्वे, चिली, बोलिभिया, पेरु र भेनेजुयला क्रमशः छैठौं स्थानबाट १० औं स्थानमा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment