‘उपाय सिटी कार्गो’ले डिजिटल ढुवानी सेवा सुरु गर्दै

डिसी नेपाल
२० भदौ २०७८ १३:०२

काठमाडौं । ‘उपाय सिटी कार्गो’ले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट प्रोग्राम सीपको साझेदारीमा काठमाडौं उपत्यकामा डिजिटल दुई पाङ्ग्रे ढुवानी सेवा सुरु गर्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममार्फत ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ योजनाबारे कार्गोले जानकारी गराएको थियो ।

कार्यक्रममा कार्गोका अध्यक्ष सुमन रायमाझीले उपाय सिटी कार्गो डिजिटल नेपालको ढुवानी सेवामा मेरुदण्ड बन्ने विश्वास व्यक्त गरेका थिए । उनले भने, ‘यूकेएडको अनुदान प्राप्त सीप परियोजनाको साझेदारीमा उपाय सिटीकार्गोले इंट्रासिटीमा साना व्यवसायका साथै भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि पनि ढुवानी सेवा सुरु गरेको छ ।’

उनका अनुसार दुई र चार पाङ्ग्रे सवारी साधनहरूको लागि बिजुली सवारी साधन प्रयोगको अन्वेषण भइराखेको छ । उपाय सिटी कार्गो इंट्रासिटीको लागि एक अनलाइन बजार हो जहाँ व्यक्ति र व्यवसायलाई यसको पिकअप ड्राइभर पार्टनरहरूको साथसाथै दुई पाङ्ग्रे राइडर पार्टनरहरूसँग जोड्दछ ।

उपाय सिटीले नेपालको विभिन्न शहरहरूमा साना र थोक सामानहरूको छिटो र सजिलो ढुवानी सेवा प्रदान गर्दछ । साथै, कार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर/दुई पाङ्ग्रे राइडर–साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *