त्रियुगाका मेयरसहित ६ जनप्रतिनिधिले त्यागे एमाले
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन्। मेयर चौधरी, त्रियुगा-३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन्।
एकीकृत समाजवादीमा सनाखत गर्नेमा त्रियुगा-६ का वडा सदस्य जयराम पंजियार, ९ का वडा सदस्य खिलबहादुर कार्की, ११ का वडा सदस्य सकुन्तला विश्वकर्मा पनि छन्।
त्रियुगा नगरपालिकाका १२/१३ जनप्रतिनिधि एकीकृत समाजवादीमा आउने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मेयर चौधरीले बताए। एमालेबाट निर्वाचित प्रदेश सांसद सुनिताकुमारी चौधरीले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरेकी छिन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment