नुवाकोट कांग्रेसको वडा अधिवेशन आज

डिसी नेपाल
२१ भदौ २०७८ ११:३५
44
Shares

काठमाडौं। नुवाकोटमा आजबाट वडा अधिवेशन सुरु हुँदैछ। देशका अधिकांक्ष जिल्लाहरुमा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भएपनि निर्वाचन समिति र नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको संयुक्त बैठकबाट नुवाकोटको ८८ वटै वडाको अधिवेशन भदौ २१ गर्ने निर्णय भएको थियो ।

यसअघिको निर्णय अनुसार आजबाट सबै वडाहरुको अधिवेशन एकसाथ हुँदै गरेको नुवाकोट सभापति जगदिश्वरनर सिंह केसीले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म २८ देखि ३० वटा वार्डहरुमा सर्वसम्मत प्रक्रियाबाट वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरु चयन गरिसकेका छौँ। बाँकी वडाहरुमा भने नोमिनेसन प्रक्रिया अगाडि बढिसकेको छ। तर पचास प्रतिशत भन्दा धेरै वडाहरु सर्वसम्मत नेतृत्व चयन हुन्छ।’

कुल १२ वटा स्थानीय तह रहेको नुवाकोटमा २ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको छ। कुल १४ हजार ७१ क्रियाशील सदस्य रहेको नुवाकोटमा ५ हजार ६ सय ५८ नवीककरण र ८ हजार ४ सय १३ नयाँ क्रियाशील सदस्य थपिएको छ।

नेतृत्व चयनको पहिलो प्राथमिकता भनेको सर्वसम्मत नै हो, र सोहीअनुसारको गृहकार्य जारी रहेको केसीको भनाइ छ। उनले भने, ‘सबै वडामा सर्वसम्मत चयनका लागि प्रयास हुनेछ, त्यसो हुन नसके लोकतान्त्रिक विधि प्रक्रियाअनुसार चुनावमा जानेछौं।’ निर्वाचन समितिको संयोज प्रताप ठकुराठी रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *