कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

डिसी नेपाल
२१ भदौ २०७८ १४:४२
116
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्। कृष्णप्रसाद सिटौला समूहबाट उनले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन्। ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले भने।

१३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन्। १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन्।

पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहेका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन्। आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन्।

आगामी ९–१३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *