एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

डिसी नेपाल
२१ भदौ २०७८ २२:५५

काठमाडौँ  । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ।

यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्छ।
एनसेलले नवीन प्रविधि भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच पुर्‍याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवा विस्तार गरिसकेको छ।

एनसेलले सो ‘डेटा सधैं अन’अभियानअन्तर्गत विभिन्न विभिन्न उपभोक्तामैत्री सेवा तथा अफरहरु सुलभ दरमा उपलब्ध गराउनेछ । एनसेलका ग्राहहरुले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्ने छन् । विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ ।

हाल एनसेलले देशभरि ७२ लाख भन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ । त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् । आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *