चरेस र ओंतको छालासहित दुई व्यापारी पक्राउ
जाजरकोट । चरेस र ओंतको छालाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भेरी नगरपालिका–१२ को बारेलास्थित मुम्बई रिटन चाइनिज कर्नरमा बसिरहेका बारेकोट गाउँपालिकाको मैनाका गणेशबहादुर बस्नेत र हस्तबहाददुर बस्नेतलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो।
गणेशको साथबाट पाँच पोका चरेस फेला परेको प्रहरीको दाबी छ। हस्तको ओंतको चारैवटा खट्टासहितको छाला फेला परेको हो।
प्रतिक्रिया
Facebook Comment