एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

डिसी नेपाल
२५ भदौ २०७८ ८:२०

काठमाडौं । संसदकाे चालु अधिवेशनमा पार्टीकाे भूमिका र पार्टीकाे विधान महाधिवेशनलगायतका विषयमा छलपफल गर्न नेकप एमालेकाे स्थायी कमिटी बैठक बस्ने भएकाे छ।

दिउसाे ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न लागेकाे कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ। त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको छ।

स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित असोज १ र २ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ। ​त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको तामाङले बताए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *