मन्त्रीको नामावली चाँडो पठाउन प्रधानमन्त्री देउवाको आग्रह

डिसी नेपाल
२५ भदौ २०७८ १५:५०

काठमाडौँ । बिहिवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको नामावली चाँडो पठाउन सत्ता गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको सत्ता गठबन्धन शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार,देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको र जनगुनासो व्यापक भएको भन्दै गठबन्धनका सबै नेताहरु संग मन्त्रीको नामावली पठाउन आग्रह गरेका छन्।

सचिवालयका अनुसार,आजको बैठकमा मन्त्रीपरिषद्को पूर्णतामा केन्द्रीत रहेर छलफल भएको हो। र बैठक आज साँझ ६ बजे पुनःबस्ने तयारी भएको छ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवा सरकारले २ महिना समय बित्दा समेत पूर्णमन्त्रिपरिषद बिस्तार गर्न नसक्दा सिंहदरबार सुनसान बनेको छ,भने दैनीक प्रशासकीय काम कारबाही ठप्प बनेको छ।

उक्त बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति रहेको सचिवालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *