प्रतिनिधिसभा बैठक २७ भदौमा बस्ने
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौ आइतबार बस्ने भएको छ । शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन् ।
शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो । जुठबहादुर खड्गी ९जे।बी। टुहुरे० र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन् ।
प्रतिक्रिया
Facebook Comment