मेलम्चीको पानी आगामी चैतसम्ममा काठमाडौंमा फेरि झार्ने सरकारको घोषणा

डिसी नेपाल
२५ भदौ २०७८ १७:३३

काठमाडौं । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ । अहिले मेलमचीमा आएको बढीले आयोजना रुग्ण बनेको छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको शर्माले जानकारी दिएका छन् ।

‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना संवत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’, शर्माले भने । गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थियो । बाढीका कारण काठमाडौं आउन थालिसकेको मेलम्ची पुनः अनिश्चित बनेको बेला सरकारले यस्तो घोषणा गरेको हो।

सरकारले नदी कटान एवम् बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनर्स्थापना कार्यक्रमका लागि समेत बजेट छुट्याएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *