एमसीसी उपाध्यक्ष सुमार र ऊर्जामन्त्री भुषालबीच भेटवार्ता

डिसी नेपाल
२५ भदौ २०७८ १७:५७

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भयो ।

सुमार र मन्त्री भुषालबीच सडक सञ्जाल, बिद्युत प्रसारण लाइन निर्माणलगायत भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको स्मरण गराउँदै उपाध्यक्ष सुमारले कार्यान्वयनमा अघि बढ्न आग्रह गरिन् ।

सुमारको जवाफमा मन्त्री भुसालले दुई मुलुकबीच बलियो सम्बन्ध रहिआएको बताउँदै राजनीतिक सहमती र जनताको चाहना अनुसार एमसीसीलाई अघि बढाइने बताइन् । मन्त्री भुसालले भने राजनीतिक सहमति र जनताको चाहना अनुसार निष्कर्षमा पुग्ने बताइन्। उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग हुने विश्वास व्यक्त गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *