सभामुखको टाउको फुटाउन माइक तानेंः मौका मिलेन, नत्र टाउको आजै फुट्ने थियो

डिसी नेपाल
२५ भदौ २०७८ १८:२०

काठमाडौँ । नेकपा एमालेकी सांसद रेखा झाले सभामुखको भूमिका एकपक्षीय र संसदीय पद्धतिविपरित रहेकाले आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले आज सभामुख अग्निप्रसाद सापकोटाको टाउको फुटाउने योजना भएको बताएकी हुन्। ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन् । उनले आज मौका नमिलेको तर मौका मिल्नेबित्तिकै हान्ने बताएकी छन् । उनले भनिन्, अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’

रौतहटबाट समानुपातिक निर्वाचित भएकी झा ले सभामुखलाई अब सभामुख मान्न नसकिने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *