भर्जिनियामा नेपाली मेला, रामकृष्ण ढकाल र ‘१९७४ एडी’को प्रस्तुति

डिसी नेपाल
२६ भदौ २०७८ २:३०

वासिंगटन डिसी । अमेरिकाको भर्जिनियामा प्रख्यात नेपाली कलाकारहरुको प्रस्तुतिसहितको नेपाली मेला हुने भएको छ । सो मेलालाई “नेपाललय नेपाली मेला” नाम दिइएको छ ।

एभरेष्ट लायन्स फ्रेन्ससिप एशोसिएसन र आशिष संग्रैलाको संयुक्त आयोजनामा सेप्टेम्बर १८ तारिक शनिवार हुन लागेको सो मेलामा नेपालका प्रसिद्ध गायक रामकृष्ण ढकालले आफ्नो प्रस्तुति दिने भएका छन् ।


आयोजक संस्थाले दिएको जानकारीअनुसार, यो मेलामा नेपालीहरुका विभिन्न खाद्य परिकारहरुका स्टल पनि राखिनेछन्। भर्जिनियाको नर्दन भर्जिनिया कम्युनिटी कलेज, एन्नानडेल क्याम्पसमा हुने सो मेलामा ‘१९७४ एडी’का कलाकारहरु फिरोज स्याङ्दान,प्रज्वल बज्राचार्य र रेन्जी शेर्पाले प्रस्तुति दिनेछन्।

साँझ ५ बजेपछि शुरु हुने सो कार्यक्रममा भर्जिनियाको सथानीय नेपालीहरुको सांगितिक व्याण्ड सोनिक चैन्सको पनि प्रस्तुति रहने छ भने पार्टीपछि डिजे सोलक्रिसको डिजे नाइट शुरु हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *