एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आइतबार बस्दै छ। आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । बैठक बस्नुअघि एमाले संसद दलको बैठक बस्न लागेको हो।
एमाले स्रोतका अनुसार,आज १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो। ‘सभामुखको पूर्वाग्रही भूमिका कारण संसदीय मर्यादाको नै खिल्ली उडेको छ,हामी थप भूमिका र रणनीति बनाउन यो बेठक बस्दै छौँ।’स्रोतले भन्यो ।
भदौ २३ गतेबाट सुरु भएको संसद बैठकमा एमालेले निरन्तर विरोध गर्दै आएको छ। शुक्रबारको संसद अधिवेशनमा एमाले सांसद र मर्यादापलकको निकै घम्साघम्सी परेको थियो।उक्त बैठकमा एमालेको विरोधका बावजुत पनि सभामुखले प्रतिनिधि सभा बैठकबाट केही विधेयक परित गराएका छन्।
त्यसैले आजको एमाले संसदीय दलको बैठक र प्रतिनिधि सभा बैठकलाई चासोका साथ हेरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment