सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। सापकोटाले सोमबारका लागि बैठक बोलाएको सापकोटा निकट स्रोतले बतायाे ।
बैठक सोमबार साढे २ बजे बस्ने बताइएको छ।आइतबार भएको संसद बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्।
एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment