कांग्रेस संस्थापनइतरको बैठक बस्दै

डिसी नेपाल
२८ भदौ २०७८ ९:०९
72
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक बस्ने भएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन्।

दिउसो २ बजेका लागि बोलाइएको बैठकमा डडेलधुरामा बलपूर्वक गरिएको वडाअधिवेशन, २० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिएकोलगायतका विषयमा छलफल छलफल गरिने बताइएको छ। पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन बहिस्कार गरेको थियो।

बैठकमा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, सितादेवी यादव, डा. रामशरण महत, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतको उपस्थिति रहने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *