दशैं तिहार लक्षित नयाँ नाेट बजारमा, असाेज ४ गतेपछि साँटन पाइने

डिसी नेपाल
२८ भदौ २०७८ १२:१०

काठमाडौं । दशैँ तिहारका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्ने मिति खुलाएको छ। राष्ट्र बैंकका अनुसार असोज ४ गतेदेखि नयाँ नोट सटही गर्न पाउने गरी तीन अर्ब बराबरको नयाँनोट बजारमा पठाइएको छ।

कमर्सियल बैंकहरुको मागका आधारमा एकमहिना अघि नै नयाँनोट बजारमा आए पनि असोज ४ गतेपश्चातमात्र सटही गर्न पाइने छ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको कार्यालय र कमर्सियल बैंकका सबै शाखाबाट नयाँ नोट सर्वसाधारणका लागि उपलब्ध गराईने छ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्तिले १८ हजार पाँच सय रुपैयाँसम्म साटन पाउने छन्। रु .५, १०, २०, ५०, र रु १०० दरका एकएक गड्डीका दरले हुन आउने १८ हजार पाँचसयसम्म एक जनाले साँटन पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *