कोभिड माहामारीः अन्योलमा १ करोड ११ लाख बालबालिकाको भविष्य

डिसी नेपाल
२९ भदौ २०७८ १७:५३

“सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ आज ५७औं राष्ट्रिय बाल दिवस देशभर भव्यताका साथ मनाईंदै छ । यस दिवसको प्रारम्भको इतिहासलाई फर्केर हेर्दा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मागान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो ।

खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ ।

तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिन पारी वि.सं. २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रूपमा देशले ४२ वटा बालदिवस मनायो । लोकतन्त्रको स्थापनापश्चात यसको पूरानो संरचनामा केही फेरबदलगरी विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस देशमा स्थापना भएको लोकतन्त्र पश्चात २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो ।

खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्त्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसङ्ख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रूपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो ।

कुनै पनि दिवस आफैमा एउटा परम्पराको रूपमा पनि लिन सकिन्छ । तर त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणका त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । तिनीहरूको पुनर्ब्याख्या गरिनुपर्दछ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको विषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धी प्राप्त गर्यौं कति चुनौतीहरू आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरूको समीक्षा हुनु पनि जरुरी
छ ।

बालअधिकारको अवधारणालाई पहिलो पटक सन् १८७६ अगस्ट २५ मा बेलायतमा जन्मिएकी समाज सुधारक ए. जेव (EgLantyne Jebb) ले अघि सारेकी हुन् । उनले पहिलो विश्वयुद्धको अन्त्यमा अस्ट्रिया, हंगेरी र जर्मनीमा भोकमरीको प्रभावबाट छुटकारा पाउन सेभ द चिल्ड्रेन संगठनको स्थापना गरिन् र बाल अधिकारका लागि एउटा मस्यौदा तयार गरिन् । जुन विश्वको पहिलो बाल अधिकार सम्बन्धी घोषणा पत्र बन्यो ।

बालअधिकारको अवधारणालाई पहिलो पटक सन् १८७६ अगस्ट २५ मा बेलायतमा जन्मिएकी समाज सुधारक ए. जेव (EgLantyne Jebb) ले अघि सारेकी हुन् । उनले पहिलो विश्वयुद्धको अन्त्यमा अस्ट्रिया, हंगेरी र जर्मनीमा भोकमरीको प्रभावबाट छुटकारा पाउन सेभ द चिल्ड्रेन संगठनको स्थापना गरिन् र बाल अधिकारका लागि एउटा मस्यौदा तयार गरिन् । जुन विश्वको पहिलो बाल अधिकार सम्बन्धी घोषणा पत्र बन्यो । जेवको अवधारणा पश्चात बाल अधिकारका क्षेत्रमा थुप्रै अवधारणहरुको विकास भएको पाईन्छ ।

त्यसपश्चात संयुक्त राष्ट्र संघले सन् १९८९ नोभेम्वर २० मा बालअधिकार सम्बन्धी महासन्धीलाई पारित गर्‍यो । बाल बचाउ, बाल विकास, बाल संरक्षण, र बाल सहभागिता जस्ता महत्वपूर्ण पक्ष रहेको उक्त महासन्धीलाई नेपालले पनि सन् १९९० सेप्टेम्वर १४ मा हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ को धारा १ः अनुसारः “बालबालिका सम्बन्धी राष्ट्रिय कानूनले अन्यथा निर्धारण गरेको स्थिति बाहेक बालबालिका भन्नाले १८ वर्षमुनिका प्रत्येक मानवलाई सम्झनु पर्दछ” भनी उल्लेख गरेको छ र नेपालको कानुनले पनि १८ वर्ष मुनीका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ ।

नेपालको संविधान २०७२ ले पनि बालबालिकाको विषयलाई प्राथमिकता दिइएको छ । संविधानको धारा ३९ मा बालबालिकाको हक शीर्षक अन्तर्गत १० वटा उपधारामा बालबालिकाको विकास, संरक्षण, सहभागिता लगायतको हकहरूको व्यवस्था भएको छ ।

यसको अतिरिक्त बालबालिकाको हकहितको संरक्षण गरी उनीहरुको शारीररक, मानसिक बौद्धिक विकास गने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०४८ लाई परिमार्जन गरी बालबालिका सम्बन्धी ऐन, २०७५ जारी गरिेको छ । हाल कार्यान्वयनमा रहेको यो ऐनमा बाल अधिकार महासन्धिको मूलभूत सिद्धान्तहरू र प्रावधानहरू अनुकूल बालबालिकाका १३ वटा मूलभूत अधिकारहरू (दफा ३ देखि १५ सम्म) सुनिश्चित गरिएका छन् ।

केन्द्रीय तथ्याङ्क विभागको २०६८ सालको तथ्याङ्क अनुसार नेपालमा बालबालिकाको संख्या १ करोड १० लाख ८४ हजार ३११ अर्थात ४१.८४ प्रतिशत रहेको छ भने ५ बर्ष मुनीका बालबालिकाको संख्या ९.६९ प्रतिशत रहेको छ ।

विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसको महामारीले नेपाललाई पनि आक्रान्त बनाएको छ । यस महामारीले बालबालिकालाई प्रत्यक्ष असर गरेको छ । युनिसेफले सन् २०२० जुनमा जारी गरेको प्रेश विज्ञप्ती अनुसार कोभिड महामारीबाट प्रभावित भएका दक्षिण एसियाका ६० करोड बालबालिकाको भविश्य सुरक्षित गर्न तत्काल सम्बन्धित देशहरुले कदम चाल्नुपर्ने आवश्यकता औल्याएको छ ।

कोभिड–१९ महामारीको कारणले दक्षिण एसियामा विद्यालयहरू बन्द हुँदा ४३.४ करोड बालबालिकाको सिकाइमा बाधा पुगेको छ । युनिसेफको अनुसन्धानका अनुसार, विद्यार्थीहरूले महामारीपूर्वको तुलनामा अहिले धेरै कम सिकेको कुरा विद्यार्थी र उनीहरूका अभिभावकहरू बताउँछन् । भारतमा १४–१८ वर्ष उमेर समूहका ८० प्रतिशत बालबालिकाले विद्यालयमा शारीरिक रूपमा उपस्थित भएर सिकेको भन्दा धेरै कम सिकेको रिपोर्ट गरेका छन् ।

त्यसैगरी श्रीलंकामा प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका ६९ प्रतिशत अभिभावकहरूका अनुसार उनीहरूका बालबालिकाले “कम“ वा “धेरै कम“ सिकिरहेका छन्। नेपालमा गरिएको अनुसन्धानमा ८८ प्रतिशत अभिभावकले बालाबालिका सिकाइमा पछाडि पर्न थालेको वा सिकेका कुराहरू बिर्सन थालेको बताएका छन् । दूर शिक्षाका कारण किशोरीहरू, सबैभन्दा पिछडिएका घरधुरी तथा अपाङ्गता भएका बालबालिकाले सबैभन्दा ठूलो चुनौतिहरूको सामना गर्नु परेको छ ।

यसको अतिरिक्त समयको विकासक्रमसँगै बालबालिकाका अधिकारका क्षेत्र र विषयवस्तु पनि परिवर्तन भएको आभास भएको छ । घटना झापा जिल्लाको हो । झापाको बुद्धशान्ति गाउँपालिकामा बस्ने १२ वर्षीया बालिकाले केही समय अघि आत्महत्या गरेकीछन् । आमाबुबा दुबै नभएकी ती बालिकाले आफहरु हजुरआमाका साथमा बस्दै आएको र उनलाई र उनकी बहिनीलाई हजुरआमाले माया नगरेको र उनका दाजुलाई मात्र माया गरेको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेकी छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार बर्सेनि बढ्दै गरेको बालबालिकाको आत्महत्याबाट हुने मृत्युले पनि यस कुरालाई पुष्टि गर्दछ ।

यसैगरी केही समय अगाडि ताप्लेजुङबाट झापा आई डेरा गरी बस्ने एक परिवार जसका श्रीमान् वैदेशिक रोजगारमा विदेश भएको र श्रीमतीले आफ्नो जन्मदिन मनाउने भन्दै राति ८ बजे तिर आफ्ना ९\१० वर्षका बालबालिकालाई घरमा छोडेर होटल गएको र उनीहरुलाई खोज्न होटल होटलमा जानुपरेको थियो ।

यसैगरी केही समय अगाडि ताप्लेजुङबाट झापा आई डेरा गरी बस्ने एक परिवार जसका श्रीमान् वैदेशिक रोजगारमा विदेश भएको र श्रीमतीले आफ्नो जन्मदिन मनाउने भन्दै राति ८ बजे तिर आफ्ना ९\१० वर्षका बालबालिकालाई घरमा छोडेर होटल गएको र उनीहरुलाई खोज्न होटल होटलमा जानुपरेको थियो ।

यी त समाजका प्रतिनिधि घटना मात्रै हुन् यस्ता घटना समाजमा कैयन् घटीरहेका छन् जसले बालअधिकारको क्षेत्रमा थप चुनौती थपेको छ ।

विश्वव्यापी कोभिड महामारी, वैदेशिक रोजगार, आर्थिक समस्या तथा अन्य विविध कारणहरुले गर्दा आज बालबालिकाको क्षेत्रमा र बालबालिकाका अधिकारका क्षेत्रहरु परिवर्तन हुँदै गइरहेका छन् । परिवारका अभिभावक वा सक्षम सदस्यले आफ्नो व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा गरिरहँदा बालबालिकाहरू त्यसको अन्यायमा पर्दै गरिरहेको वर्तमान परिप्रेक्ष्यमा अब अधिकारका क्षेत्रहरु र विषयहरू परिवर्तन हुनुपर्ने र बहस चलाउनु पर्ने आवश्यकता देखिन थालेको छ । बालदिवसको अवसरमा यीनै महत्वपूर्ण विषयहरुमा सम्बन्धित निकायको ध्यान जाओस्, सबैमा शुभकामना ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *