लक्ष्मी बैंकको १३६ औँ शाखा सञ्चालन

डिसी नेपाल
३० भदौ २०७८ १७:०६

काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले १३६ औँ शाखा कास्कीको पोखरा महानगरपालिका– १७ को बिरौटामा सञ्चालनमा ल्याएकोे छ।

यससँगै लक्ष्मी बैंकको ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाइएको छ । सुविधाजनक बचत खाता योजना, मुद्धति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *