ज्योति लाइफद्वारा च्याटबट सार्वजनिक

डिसी नेपाल
३० भदौ २०७८ १८:३३

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरूलाई थप प्रविधिमैत्री बनाउँदै भएको छ । सूचना प्रविधिको युगमा स्वचालितरूपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ‘ज्योति बट’ सेवा सञ्चालन गरेको हो ।

च्याटबटमा कम्पनीका विभिन्न सेवाबारे जानकारी लिन उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने छ । कम्पनीका विभिन्न सेवा, बीमित र अभिकर्तासम्बन्धी जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सोको प्रतिक्रिया, हेल्पडेस्क, अनलाइन भुक्तानी, डाउनलोडहरू तथा अन्य सेवाहरू उपलब्ध छन् ।

अब उप्रान्त ज्योति लाइफका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको जानकारी कम्पनीको वेबसाइट, फेसबूक पेजका साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालितरूपमा प्राप्त गर्न सकिने ज्योति लाइफ कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *