सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना सार्वजनिक

डिसी नेपाल
३१ भदौ २०७८ १८:३४

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७८ सालको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘सिटी आयो लखपति बनायो’ उपहार योजना ल्याएको छ ।

सिटी एक्सप्रेसले १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित भुक्तानी सेवा दिइरहेको छ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना बिजेतालाई १०, हजार रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। साथै हरेक महिना ५ जना जनही १ लाख रुपैयाँ उपहार पाएर २ महिनासम्म १० जना लखपति बन्न सक्नेछन्।कम्पनीका अनुसार यो अफर असोज १ गते देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *