निर्देशिका सच्याउन सुनचाँदी व्यवसायीको आग्रह

डिसी नेपाल
३१ भदौ २०७८ १९:२२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरागर्न साना ब्यवसायीहरुलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई शंशोधन गर्न आग्रह गरे ।

विभागले गत वर्ष जारी गरेको निर्देशिकामा सुनचाँदीलगायत बहुमूल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रुपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने व्यवसायीको विवरण विभागमा पठाउनुपर्नेलगायत विभिन्न विषय उल्लेख छ ।

अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा व्यवसायीलाई असहज हुने र साना व्यवसायी पलायन हुनुपर्ने अवस्थासमेत आउन सक्ने उनीहरुको भनाइ थियो । विभागका निर्देशक वोलराज आचार्यले उक्त निर्देशिका व्यवसायीलाई दुःख दिने नियतले नभई सम्पत्ति शुद्धीकरण गर्न खोज्नेका लागि लक्षित गरी जारी भएकाले व्यवसायीलाई अप्ठ्यारो नहुने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *