नबिल बैंकले ल्यायो दशैं विशेष आकर्षक अफर

डिसी नेपाल
३१ भदौ २०७८ २२:२२

काठमाडौं । नबिल बैंकले दशैं अफर स्वरुप मुद्दती निक्षेपमा आकर्षक ब्याजदर दिने घोषणा गरेको छ ।

गत वर्षको अपार सफलतापछि यस वर्ष पनि नेपालीहरुको महान चाड दशैंको अवसरमा, बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक आकर्षक ब्याजदर योजना शुरू गरेको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्येश्य रहेको छ । आङ्खनो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।

एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ बर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागी लक्षित गरेको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खाता रहेका ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ औं वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई उच्च सेवा प्रदान गर्न बैंक लक्षित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *