ग्लोबल आइएमई बैंकको ८.५५ डिबेन्चर नेप्सेमा सूचीकृत

डिसी नेपाल
१ असोज २०७८ १६:४९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ‘८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६\८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६र६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले (आईसीआरएएनपी–आईआर) एलए रेटिङ्ग प्रदान गरेको बैंकको भनाइ छ । बैंकका अनुसार यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । बैंकको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आईएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *