मनकामना मन्दिर परिसरमा ‘हेल्थ डेस्क’

डिसी नेपाल
१ असोज २०७८ १८:३७

काठमाडौं । करीब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

गत वैशाख २३ गतेदेखि बन्द गरिएको मनकामना मन्दिर भदौ २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । मन्दिरमा पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिएर पुजा गर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले मिलाएको छ । मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *