सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एस सहभागी, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

डिसी नेपाल
१ असोज २०७८ १९:२०

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् । उनलाई प्रदेशप्रमुख गङ्गाराज यादबले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

लामा नेकपा (एस) कञ्चनपुर अध्यक्ष हुन् । उनी यसअघि एमालेको प्रमुख सचेतक समेत थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका थिए। साथै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छन् । उनी वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् । उनलाई मुख्यमन्त्री तृलोचन भट्टले शपथ ग्रहण गराए ।

सो अवसरमा सभामुख अर्जुनबहादुर थापा र प्रदेश सरकारका मन्त्रीहरुको समेत उपस्थिति थियो । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एस) को संयुक्त सरकार रहेको छ । सो सरकारमा नेकपा (एस) सात र माओवादीका चार जना सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *