नक्कली नोटसहित दुई भारतीय पक्राउ

डिसी नेपाल
२ असोज २०७८ १३:२०

महोत्तरी । जलेश्वरस्थित औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेका छन् ।

महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १ हजारका २२ थान, ५ सयका तीन थान, १ सयका २७ थान, ५० का छ थान, २० का आठ थान, १० रुपैयाँका ११ थान, ५ रुपैयाँका छ थान र भारु १ सयका तीन थान नोट बरामद गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *