ढुंगानाको मुद्दाबारे सर्वोच्चले जारी गर्यो कारण देखाउ आदेश

डिसी नेपाल
३ असोज २०७८ १८:५०

काठमाडौं । निलम्बित भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाको मुद्दाबारे सर्वोच्च अदालतले निलम्बन गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

आफू निलम्बनमा परेपछि ढुंगानाले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। भदौ १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । सरकारले गठन गरेको टोलीमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *