इन्द्रजात्रामा तल्लो टोलको यात्रा

डिसी नेपाल
३ असोज २०७८ २२:२०

काठमाडौं । इन्द्रजात्राको मुख्य दिन आज काष्ठमण्डपको दक्षिणी क्षेत्रमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा गरिएको छ । तल्लो टोलका जैसीदेवल, लगन, चिकमुङ्गल, कोहिटी, भीमसेनस्थान क्षेत्रमा रथयात्रा गरिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । यो क्षेत्रमा आज दीप्याख अर्थात् देश नाच पनि देखाइएको छ ।

इन्द्रजात्राको मुख्य दिन आज लाखे, पुलकिसी, महाकाली, रामचन्द्रलगायत नाच पनि तल्लो टोलमै केन्द्रित भएका थिए । कुमारीको रथ अगाडि पञ्च बुद्धका प्रतीकका रूपमा बज्राचार्य गुर्जुहरु पाठ गर्दै रथयात्रामा सहभागी भएको देखिन्थ्यो । तल्लो टोलको रथयात्रा सम्पन्न भएसँगै मरुटोलको छ्वासपाखाबाट इन्द्रकी आमाको प्रतीक स्वरुप यात्रा निकालिएको छ । यो यात्रासँगै यस वर्ष दिवङ्गत भएका परिवारका सदस्य सहभागी हुने परम्परा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *