सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो

डिसी नेपाल
५ असोज २०७८ १५:२२

काठमाडौं । मंगरबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मुल्य मंगलबार ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य पनि तीस सयले बृद्धि भएको छ। सोमबार ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ८८ हजार ७५० रुपैयाँ छ । सोमबार ११३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११४० रुपैयाँमा कायम भएपछि तोलामा पाँच रुपैयाँले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *