धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

डिसी नेपाल
५ असोज २०७८ १६:१६

काठमाडौँ । सेयर खरिदका विषयमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन गर्न सरकारले बनाएको जाँचबुझ समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिविदेन बुझाएको छ ।

बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो । शेयर खरिदका विषयमा विवादित बनेका ढुंगाना सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद प्रकरणमा विवादित बनेका थिए ।

सो आरोपमाथि सरकारले छानबिन गरेको हो । छानबिनका क्रममा तयार पारिएको अध्ययन प्रतिवेदन हेरेर अर्थ मन्त्रालयले निर्णय लिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *