नेप्सेमा दोहोरो अङ्कको वृद्धि

डिसी नेपाल
५ असोज २०७८ १७:५०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा मङ्गलबार भने सामान्य सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.८३ बिन्दुले उकालो लागेर दुई हजार ७१२.०७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३६ बिन्दुले उकालो लागेर ५०८.६२ मा पुगेको छ । कूल २२३ कम्पनीको एक करोड ५३ लाख छ हजार ६१ कित्ता शेयर रु सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ९५ अर्ब ७६ करोड ८५ लाख ९२ हजार ११४ हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ५०.२५, वित्त १८.४५, उत्पादन १९.०१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ ३.७४, होटल तथा पर्यटन ७६.०९, विकास बैंक २७.३७, जलविद्युत् २२.८३, निर्जीवन बीमा ७२.०२, अन्य १३.८१, लघुवित्त १४.४९, जीवन बीमा १९९.६४ र लगानी १.२७ बिन्दुले उकालो लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *