नेप्सेमा उच्च अङ्कको वृद्धि

डिसी नेपाल
६ असोज २०७८ १८:११

काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कको वृद्धि भएको छ ।

मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ । यस्ते, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । कूल २१७ कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर रु ६ अर्ब १७ करोड ९३ लाख १५८ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लाग्यो । बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत् १६९.४४, वित्त २०७.९३, निर्जीवन बीमा ४४१.८७, उत्पादन १८२.३१, अन्य ४१.७३, लघुवित्त १७०.७३, जीवन बीमा ५५१.७५, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.८९ बिन्दुले उकालो लागेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *