सुनको मूल्यमा गिरावट तोलामा पाँच सयले घट्यो

डिसी नेपाल
७ असोज २०७८ १२:३४

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्यमा पाँच सय रुपैँयाँ गिरावट भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार १०० मा कारोबार भएकोमा बिहीबार भने,सुन प्रतितोला ८९ हजार ६०० मा कारोबार भएको छ । यसरी बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ५०० रुपैँयाँ ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार १५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ६५० मा कारोबार भएको थियो ।
बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधवार प्रतितोला १ हजार १६५ मा कारोबार भएको चाँदी बिहीवार १० रुपौँयाले घटेर १ हजार १५५ मूल्यमा कारोवार भएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *