सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच सम्झौता

डिसी नेपाल
७ असोज २०७८ १९:२३

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने समझदारी भएको छ ।

सम्झौता पछि सिटिजन्स बैंकका डेबिट/ क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी रहेका १८३ वटा आफ्ना शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिव १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मोबाइल बैकिङबाट खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था बैंकले गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *